यसकारण भोलि नेपाल आउँदै छन् सन्नी लियोनी



काठमाडौं। बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन्। आफूले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियर शोका लागि सन्नी नेपाल आउन लागेको बताइएको छ । उनी भोली दिउँसो नेपाल आइपुग्ने बताइएको छ ।उनका अनुसार दिउँसो २ बजेको सेरोफेरोमा सन्नी काठमाडौं आउने बताइएको छ । साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शोमा सन्नी उपथ्ति हुनेछन् ।

चलचित्र ‘पासवर्ड’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।२ करोड भारतिय रुपैयाँ पारिश्रमिक लिएर सन्नीले ‘आजको शाम’ बोलको गीतमा आइटम नृत्य गरेकी छन्। फिल्ममा अनुपविक्रम शाही, बुद्धि तामाङ, विक्रमदास जोशी, रविन्द्र झा, धिरेन शाक्य, प्रविन खतिवडालगायतका कलाकारहरुको अभिनय छ।

Comment