जिग्री–पाँडेले भद्रगोल छाडेपछि ल्याउदै नयाँ हाँस्य टेलिसिरियल ‘सक्किगो नि’



काठमाडौं । भद्रगोलबाट बाहिरिएका कलाकारहरुले नयाँ हाँस्य टेलिसिरिलको घोषणा गरेका छन् । कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडेलगायतका भद्रगोलबाट बाहिरिएका कलाकारहरुले नयाँ टेलिसिरियल ‘सक्किगो नी’ बुधबार घोषणा गरेका हुन् । भद्रगोल छाडेपछि जिग्री, पाँडे, सागर लम्साल बले, हरि घिमिरे कक्रोजलगायत चर्चित कलाकारको योे टिमले नयाँ सिरियल ल सक्किगो नी ल्याएका हुन् ।

आज सक्किगोनि टिमले औपचारिक कार्यक्रम गर्दै यस सिरियलको विषयमा संचारकर्मीलाई जानकारी दिएका छन् र भद्रगोल सिरियलमा आएको विवाद बारे पनि प्रष्ट पारेका छन् । सक्किगोनि सिरियल अब ओएसआरको युट्युब च्यानलमा हेर्न सकिनेछ । जिग्री पाँडेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने नयाँ हाँस्य शृखला असोज २ गतेबाट प्रसाराणमा आउने तयारी छ ।

Comment