अफगानिस्तानमा रहेको अनमिन मिसनको म्याद छ महिना थपिने — OSNepal

अफगानिस्तानमा रहेको अनमिन मिसनको म्याद छ महिना थपिने

LC (KTM) September 20, 2021 0

पेरिस-संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ ।गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताउनुभएको हो ।
अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उहाँले बताउनुभयो ।

मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ ।(रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर