ओलीको विश्लेषण :२५ खर्ब डलरभन्दा बढी खर्च गरेर पनि ठूलो क्षति व्यहोरेको अमेरिका अफगान भूमिबाट पलायन हुनु भनेको पराजय हुनु हो — OSNepal

ओलीको विश्लेषण :२५ खर्ब डलरभन्दा बढी खर्च गरेर पनि ठूलो क्षति व्यहोरेको अमेरिका अफगान भूमिबाट पलायन हुनु भनेको पराजय हुनु हो

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनितिक प्रतिवेदन प्रस्तुत् गरेका छन् ।

पार्टीको स्थायी कमिटिको बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीतिबारे उल्लेख गरिएको छ । प्रतिवेदनमा अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय भएको बताइएको छ ।

प्रतिवेदनमा भनिएको छ , ‘२५ खर्ब डलरभन्दा बढी खर्च गरेर पनि ठूलो क्षति व्यहोरेर अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको ५० वर्षपछि अमेरिकाले व्यहोरेको ठूलो असफलता र पराजय हो ।’‘कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्वन्धित मुलुककै जनताको हो, वाह्य शक्तिको होइन’‘तालिबानले इतिहासबाट पाठ सिकेर आफूहरुलाई विश्व परिस्थिति अनुकुल बनाउँछ कि आतिवादी, रुढीवादी र अमानवीय शासन व्यवस्थालाई निरन्तरता दिन्छ रु यसैगरी आंकवादको संरक्षक बन्छ कि भूराजनीतिक संवेदनशीलताप्रति सजग बन्दै अगाडि बढ्छ, यकिन छैन ।’

तालिबानले नियन्त्रणसँगै अफगानिस्तानको भविश्यलाई लिएर गम्भीर चिन्ता र आशंका पैदा भएको बताएको एमालेले अफगानिस्तान घटनाको बाछिटा दक्षिण एसियामा पर्न सक्ने आशंका भएकोले नेपालले प्रष्ट रुपमा अहस्तक्षेप, लोकतन्त्र, खुलापन र क्षेत्रीय शान्तिको पक्षमा उभिननुपर्ने एमालेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर