औषधि कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ — OSNepal

औषधि कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ

LC (KTM) May 21, 2021 0

मोरङ, ७ जेठ-बास्तविक मूल्य भन्दा बढि मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका-३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका संचालक सिरहा धनगढीमाई नगरपालिका-७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त फार्मेसीमा औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधिको बास्तविक मूल्य लेख्ने र अर्को खातामा बढि मूल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मूल्यको खाता देखाई औषधिको बढि मूल्य लिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न महतोलाई प क्राउ गरेको हो ।

उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर