बुढिगण्डकी जलविद्युत आयोजना निमार्णको लागि दबाब दिन आयोजना गरिएको धर्ना कार्यक्रममा बाबुरामको सहभागी — OSNepal

बुढिगण्डकी जलविद्युत आयोजना निमार्णको लागि दबाब दिन आयोजना गरिएको धर्ना कार्यक्रममा बाबुरामको सहभागी

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । बुढिगण्डकी जलविद्युत आयोजना निमार्णको लागि दबाब दिन आज काठमाडौंको माईतीघर मण्डलामा धर्ना कार्यक्रमको आयोजना गरिएको छ ।

राष्ट्रिय सरोकार समितिले आयोजना गरेको उक्त धर्नामा जनता सामाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको सहभागिता रहेको छ ।

संघर्ष समितिले आजबाट रिले अनशन सुरु गरेको हो । धर्ना कार्यक्रममा सहभागी नेता भट्टराईले जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ रुपैयाँ घाटा हुने बताएका छन् ।

साथै यो नेपालकै ठूलो पर्यटन आकर्षणको केन्द्र हुन सक्ने पनि उनले बताएका छन् ।
सम्पूर्ण नेपालीको साझा परियोजना बनिसकेको यस विषयमा नि कसरी बनाउने, ठेक्कापट्टा कसलाई दिने, कसले कति कमिसन खाने भन्नेजस्ता बखेडा झिकेर परियोजना शुरु नहुनु अत्यन्त लज्जास्पद भएको उनले टिप्पणी गरेका छन् ।

यो एउटा बहुउद्देश्यीय परियोजना भएकोले यो फेवाताल भन्दा १५ गुणा ठूलो ताल बन्छ । र काठमाडौं पोखरा भरतपुरजस्ता ठूला शहरहरुको बीचमा रहेको यो क्षेत्र नेपालको ठूलो पर्यटनको आकर्षणको केन्द्र बन्ने भट्टराईको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर