दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने दल विभाजन सम्बन्धी अध्यादेश नै गलत छ : यादव — OSNepal

दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने दल विभाजन सम्बन्धी अध्यादेश नै गलत छ : यादव

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी ल्याएको अध्यादेश गलत भएको जनाएका छन् ।

आज बसेको संसद बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै यादवले यो अध्यादेश खारेज भएपनि मात्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् ।

अध्यादेश खारेज हुनेबित्तिकै सरकारले पुणर्ता पाउँने बताएका उनले भने, ‘सरकारले अब चाँडै पूर्णता पाउँछ । सरकारले पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्छ, त्यो अहिलेसम्म भएको छैन’ ।

दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने अध्यादेश गलत छ भएको बताएका उनले यसले लोकतन्त्रलाई अस्थिर बनाउने काम गर्ने बताएका छन् ।

गठवन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले अझै सम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर