OSNepal आइतबार, मंसिर १२ २०७८

दिल्ली पुलिसद्वारा पाकिस्तानबाट संचालित आतङ्की मोड्यूलको खुलासा

दिल्ली पुलिसद्वारा पाकिस्तानबाट संचालित आतङ्की मोड्यूलको खुलासा

  • OSNepal
  • सोमबार, असोज ४ २०७८


दिल्ली पुलिसद्वारा पाकिस्तानबाट संचालित आतङ्की मोड्यूलको खुलासा
Reading Time: < 1 minute

दिल्ली पुलिसको स्पेशल सेलले पाकिस्तानद्वारा संचालित आतङ्की मोड्यूलको खुलासा गरेको छ। यो मोड्यूलसित सम्बन्धित एक संदिग्ध आतङ्की जाकिरलाई मुम्बईबाट पक्राउ गरिएको छ। मुम्बई पुलिसको सहयोगमा पक्राउ गरिएको उक्त आतङ्कीलाई दिल्ली पुलिसको स्पेशल सेलले बुझेर थप अनुसन्धान गरिरहेको छ।

दिल्ली पुलिसको स्पेशल सेलले जाकिर पाकिस्तानबाट ह्याण्डल हुने आतङ्की रहेको दाबी गरेको छ। पाकिस्तानबाट संचालित आतंकि मड्यूलअन्तर्गत पक्राउ गरिएको जाकिर ८औं आतंकी हो। यो मोड्यूलसित सम्बन्धित ७ जनालाई यसअघि नै पक्राउ गरि सकिएको छ। पक्राउ पर्नेहरूमा दुईजना पाकिस्तान गएर प्रशिक्षण लिएको प्रमाण समेत भेटिएको थियो। पक्राउ पर्ने आतङ्कीहरूले आउने चाडपर्वहरूको समयमा दिल्ली, यूपी, महाराष्ट्र आदि राज्यहरूमा विस्फोट गराउन षड़यन्त्र रचिरहेका थिए। पुलिसद्वारा गरिएको छानबिनमा जाकिर पनि यो षड़यन्त्रमा सामेल रहेको पुस्टी भएपछि उसलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड