एमालेका अध्यक्ष ओलीले सर्वोच्चमा दायर गरेको रिट 'हेर्न नभ्याइने' सुचीमा — OSNepal

एमालेका अध्यक्ष ओलीले सर्वोच्चमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सुचीमा

LC (KTM) September 21, 2021 0

काठमाडौं ५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिट आज हेर्न नभ्याइने सुचीमा राखिएको छ ।

अध्यक्ष ओलीले तत्कालीन एमालेका माधव नेपाल सहित १४ जना सांसदलाई कारवाही नगरेको भन्दै सभामुख अग्नि सापकोटा, निर्वाचन आयोगविरूद्ध रिट निवेदन सर्वोच्चमा दर्ता गरेका थिए ।

हिजोबाट न्यायाधीशहरू दीपककुमार कार्की र कुमार चुडालको इजलासमाबहस सुरु भएको उक्त रिट आज भने हेर्न नभ्याइने सुचीमा राखिएको छ । पार्टी कारवाहीमा परेका सांसदले खोलेको दललाई मान्यता दिएको भन्दै आयोगको कार्यशैली प्रति आपत्ती जनाउँदैआएको छ ।

कारवाहीमा परेका सांसदहरुको सुचना नटाँसेको भन्द सभामुख गैर जिम्मेवार भएको भन्दै आएका छन् । यही विषयलाई लिएर एमालेले संसदमा पनि अवरोध गर्दै आएको छ । एकीकृत समाजवादीका वकिल र रिट निवेदक पक्षका वकिलको बहस बाँकी रहेकाले भोलिका लागि सरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर