२४ घण्टामा भारतमा २६ हजार सङ्क्रमित थपिए,२५२ जनाका मृत्यु — OSNepal

२४ घण्टामा भारतमा २६ हजार सङ्क्रमित थपिए,२५२ जनाका मृत्यु

LC (KTM) September 21, 2021 0

नयाँ दिल्ली-भारतमा कोरोनाभाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५३४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २५२ रहेको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४५ हजार ३८५ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख नौ हजार ५७५ देखिएको छ । यो सङ्ख्या १८४ दिन पछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ३४ हजार ४६९ जना सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर