राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेबाट सभामुख सापकोटाको राजीनामा माग, बैठक बिहिबार सम्मका लागि स्थगित — OSNepal

राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेबाट सभामुख सापकोटाको राजीनामा माग, बैठक बिहिबार सम्मका लागि स्थगित

LC (KTM) September 21, 2021 0

काठमाडौँ ५ असोज । आज बसेको राष्ट्रिय सभाको अर्को बैठक बिहिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेपछि बैठक स्थगित भएको हो । एमालेको अवरोधका बिच पनि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गरेका गरेका छन् ।

पार्टीले कारवाही गरेको माधव नेपालसहित १४ सांसदको नाम नटाँसेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुखले राजीनामा दिएर मात्र बैठक अगाडी बढाउनुपर्ने माग गरेका छन् ।

बैठकमा उनले भने, ‘कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’पार्टीले कारवाही गरेका गैर सांसदलाई सदनमा बस्न अनुमति दिएको भन्दै उनले आपत्ती जनाएका छन् ।

यस अघि माओवादी कैनद्य्ले गरेको कारवाहीको सुचना सभामुखले पाएसँगै सुचना टाँसगरेको र एमालले गरेको कारवाहीलाई सभामुखले जिम्मेवारी रुपमा नलिइएको एमालेको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर