पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउँदा खुसी लागेको छ : माधव नेपाल — OSNepal

पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउँदा खुसी लागेको छ : माधव नेपाल

LC (KTM) September 21, 2021 0

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको पहिलो केन्द्रिय किमिटिको बैठकले तरङ्ग पैदा गरेको बताएका छन् ।

बैठक पछि पत्रकारहरुसँग बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । बैठकमा युवाहरुको सहभागिताले पार्टी थप मजबुत भएको बताएका उनले अब पार्टीले नयाँ उचाइ लिने बताएका छन् ।

‘पार्टीको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउँदा खुसी लागेको छ, बैठकमा युवाहरूको आकर्षण राम्रो रहेको छ’ नेपालले भने ।

व्यवहारमा मात्रै कम्युनिष्ट आँचरण देखाएको ठाउँबाट मुक्त हुन पाएको आफुलाई खुसी लागेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर