कुहिरोका कारण सेनाको हेलिकोप्टर दुर्घटना — OSNepal

कुहिरोका कारण सेनाको हेलिकोप्टर दुर्घटना

LC (KTM) September 21, 2021 0

काठमाडौं- जम्मूमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा परी हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर घाइते भएको बताइएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर दुर्घटनामा परेको भारतिय मिडियाले जनाएका छन् ।

मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्रस्त भएको र गम्भीर रुपमा घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले बताएका छन् । इलाकामा भारी वर्षा र कुहिरोका कारण दुर्घटना भएको बताइए पनि आधिकारिक पुष्टि भने भइनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर