यस्तो अचम्मको ठाउँ जहाँ दाइजो र अंशमा दिने गरिन्छ भालु र सर्प — OSNepal

यस्तो अचम्मको ठाउँ जहाँ दाइजो र अंशमा दिने गरिन्छ भालु र सर्प

LC (KTM) May 21, 2021 0

विवाह कर्ममा छोरी पक्षले सामान्यतया गरगहना र लत्ताकपडा दिने चलन छ । कानुनतः दाइजो लेनदेन गर्न नपाइने भए पनि व्यवहारबाट चलन अझै हटिसकेको छैन ।तराईमा दाइजोमा नगदसँगै सवारी साधनसम्मको माग गरिन्छ । तर, तराईमै बसोबास गर्ने मुस्लिम समुदायअन्तर्गतको नट जातिले विवाह कर्ममा दाइजोमा भालु र सर्प दिन्छन् ।

सिरहा सुखीपुर –८ का साविरले छोराहरुलाई पनि भालु नै अंश दिए । बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुख्र्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए ।

सिरहाको सारस्वर बस्ने हथियाको विवाह भारतको गोरखपुरमा भएको थियो । बजैले दाइजोमा दुईवटा भालु घरमा आफूसँगै भित्र्याएकी थिइन् । ‘त्यही भालु नचाएर बाजेले गुजारा चलाए,’ साविर भन्छन्, ‘त्यही भालेपोथीबाट जन्मिएका बच्चा बाजेले छोरीहरूका बिहेमा दाइजोमा दिए ।

छोराहरूलाई पनि भालु नै अंश दिए ।’ बाजेको शेषपछि अंशमा पाएको भालुबाट साविरका बुबा अबु मोहम्मद र काका फूल मोहम्मदले पुर्ख्यौली पेसा अँगाल्दै चटक देखाएर गुजारा चलाए । कान्तिपुर दैनिकमा खबर छ ।अबु मोहम्मदले पनि दिदीहरूका बिहेमा त्यही भालुको बच्चा दाइजो दिए । अबु वृद्ध भएपछि अहिले साविरले बाजेले दाइजोमा पाएको तिनै भालुको २७ औं सन्तानबाट गुजारा चलाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर