भारतमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २ लाख ९१ हजार पुग्यो, थामिएन दैनिक मृत्युदर — OSNepal

भारतमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २ लाख ९१ हजार पुग्यो, थामिएन दैनिक मृत्युदर

LC (KTM) May 21, 2021 0

नयाँदिल्ली ७ जेठ- भारतमा कोरोना महामारीको संक्रमणबाट मृ त्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृ त्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृ त्यु भएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृ त्यु भइरहेको छ ।

भारतीय भेरिएन्ट निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ । विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृ त्यु भएको छ । यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन । भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन् ।

भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म १९ करोड १८ लाख ७९ हजार डोज खोप लगाइएको छ । रासस÷एएनआइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर