१ सय ७५ किलो अवैध लागु औषध ल्याउँदै गर्दा बाटोमा ट्रक बिग्रिएकाले पक्राउ परे प्रशान्त र मोहन — OSNepal

१ सय ७५ किलो अवैध लागु औषध ल्याउँदै गर्दा बाटोमा ट्रक बिग्रिएकाले पक्राउ परे प्रशान्त र मोहन

LC (KTM) September 23, 2021 0

काठमाडौं ७ असोज । १ सय ७५ किलो अवैध लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ का प्रशान्त कार्की रहेका छन् ।

विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्याङतान ना ३ ख ५९५० नम्बरको ट्रक बीरगंज जाने क्रममा बिग्रिएपछि थानाभ–याङमा मर्मत गर्दै गर्दा उक्त लागु औधष सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको निगरानीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर