भारतले फेरि भन्यो, लिपुलेक हाम्रै हो, नेपालले नमानेर केही फरक पर्दैन, नेपालले दियाे कडा जवाफ (भिडियोसहित)



काठमाडौं । भारतले लिपुलेक पहिल्यैदेखि आफ्नो भूमि मानिँदै आएको दाबी गरेको छ । भारतले गत शनिबार जारी गरेको नक्सा नयाँ नभएको तर्क गरेको छ । ‘शनिबार जारी गरिएको नक्सा नयाँ होइन, भारतले पहिलो पटक गरेको त्यस्तो कुनै कुरा छैन’, एक भारतीय अधिकारीले बीबीसी नेपाली सेवासँग भनेका छन् ।

हेर्नुहोस् भिडियोः

बीबीसीसँग कुरा गर्दै भारतका महासर्वेक्षक लेफ्टिनन्ट जनरल गिरीश कुमारले आफूहरुले गरेको कुरा नेपालले स्वीकार्नु पर्ने बाध्यता नरहेको तर्क समेत गरेका छन् । उनले भनेका छन्– ‘नेपालले हामीले भनेका कुरा स्वीकार्नै पर्छ भन्ने छैन तर, हाम्रो मान्यता हामीले भन्न पाउँछौं ।’

शनिबार भारतले जारी गरेको नक्सामा कालापानी क्षेत्र भारतभित्र पारिएको छ । जसलाई नेपाल सरकारले अस्वीकार्य भनेको छ । बुधबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको अन्तर्राष्ट्रिय सीमाना जोगाउन सरकार प्रतिबद्ध रहेको भन्दै भारतलाई कडा जवाफ दिएको छ । साथै नेपाल सरकारले भारतले जारी गरेको राजनीतिक नक्सा समेत नमान्ने धारणा सार्वजनिक गरेको छ ।

Comment
error: Content is protected !!