अनियमितता र भ्रष्टाचार गरेको छैन षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार — OSNepal

अनियमितता र भ्रष्टाचार गरेको छैन षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार

LC (KTM) September 23, 2021 0

विराटनगर, ७ असोज- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताउनुभएको छ । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आपूmमाथि अन्याय गरेको धारणा राख्नुभयो । “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उहाँले भन्नुभयो ।

उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भन्नुभयो । जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उहाँले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर