सरकारले नसकिरहेको बेला हिमशिखर एग्रोले किसानलाई क्रेडिट कार्ड बितरण गर्यो , किसानहरु खुशीले फुरुङ्ग — OSNepal

सरकारले नसकिरहेको बेला हिमशिखर एग्रोले किसानलाई क्रेडिट कार्ड बितरण गर्यो , किसानहरु खुशीले फुरुङ्ग

LC (KTM) September 23, 2021 0

हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टर प्रा ली दमकले मेगा बैंक सँगको सहकार्यमा किसानहरुलाई किसान क्रेडिट कार्ड बितरण गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि किसान क्रेडिट कार्ड बितरण गरिएको हो । त्यस्तै सोही अवसरमा किसानहरुलाई किसान बित्तीय साक्षरताका बिषयमा समेत छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले किसान सम्मानित पेशा भएकाले किसानका हक र हितका लागि हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टरले सुरुवात गरेको यो कामको प्रसंसा गरे । उनले अहिलेपनि किसानका नाममा अरुलेनै सेवा लिईरहेको प्रति चिन्ता जनाउदै आगामी दिनमा यस्ता क्रियाकलापको अन्त्य गर्न आफुहरु लागि पर्ने धारणा समेत राखे ।

यस्तै कृषकहरुलाई डिजिटल कृषि प्रणाली मार्फत सहज तथा सहुलियत रुपमा कर्जा उपलब्ध गराउने उदेश्यका साथ मेगा बैंकको सहयोगमा किसान क्रेडिट कार्ड बितरण गरिएको एग्रोका अध्यक्ष धुब्रप्रसाद न्यौपानेले जानकारी दिए । उउनले किसान क्रेडिट कार्ड बितरण अभियानले किसानलाई थप हौसला मिल्नेमा आफु आशाबादी रहेको बताए ।

यस्तै, हिमशिखर एग्रो एण्ड हर्व रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रकाश घिमिरेले किसानका लागि आफुहरु सदैब सहयोग गर्न तत्पर रहेको बताए । उनले सहुलियत कर्जामात्र हैन आगामी दिनमा किसानलाई आवस्यक पर्ने अन्य कामका लागि सहयोगी बन्न आफु र आफ्नो संस्था सदैब तयार रहेको बिश्वास दिलाए ।

झापा दमक १० कि शान्त कुमारी थाम्सुहाङ लिम्बूले बिहिबार किसान क्रेडिट कार्ड पाएपछि आफु खुशी भएको प्रतिक्रिया दिईन् । त्यस्तै सोही ठाउका जित बहादुर धिमाल, सोम बहादुर धिमाल, राजकुमार धिमाल र उदयभक्त केरुङ लगाएतले कार्ड पाएपछि खुशी प्रकट गरेका छन् ।

कार्यक्रममा मेगा बैंकका माईक्रो हेड पूण्यप्रसाद खनिया, बैंकका प्रदेश १ का प्रमुख बिबेक बन्धु न्यौपाने लगायत अन्य प्रतिनिधीहरु, त्यसैगरि दमक नगरपालिकाका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई, अर्जुनधारा नगरपालिकाका पशु बिकास अधिकृत पदम राई लगायतले मन्तब्य राखेका थिए । एग्रोका अध्यक्ष ध्रुब प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सञ्चालन हिमशिखर टेलिभिजनका समाचार शाखा प्रमुख सुदिप अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर