आज हरिबोधनी एकादशी, तुलसी-दामोदरको विवाह गर्ने दिन



कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले विशेष पूजा गरिन्छ ।

हरिशयनी एकादशीकै दिनदेखि घर–घरको तुलसी मठमा रोपिएको तुलसीलाई आज भगवान् विष्णुसँग विवाह गरिने प्रचलनसमेत रहेको छ ।असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । आज उपत्यकाका चार नारायणमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यी चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भागमा रहेको बूढानीलकण्ठ नारायणस्थानमा पूजा एवं दर्शन गरे चार वटै नारायणको दर्शन गरे बराबरको फल पाइने विश्वास छ ।बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने विशेष मेला शुरु भएको छ ।

Comment
error: Content is protected !!