‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ सान फ्रान्सिस्को बे एरियामा हुँदै, तयारी अन्तिम चरणमा



क्यालिफोर्निया, अमेरिका । चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिकमा हुने भएकोछ । आफ्नै नाम, शान र पहिचान भन्ने मूल नाराका साथ सुरु हुन लागेको ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने चौथो ग्लोबल नेपाली फिल्म अवार्ड को मुख्य आयोजकका रुपमा गोल्डेन स्टेट मुभी मेकर एलएलसी क्यालिफोर्निया, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र नेपाल फिल्म सोसाइटी रहेका छन् त्यस्तै सह आयोजकहरुमा भने ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउण्डेसन क्रप रहेका छन् । बिगत ३ संस्करण सम्म ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र नेपाल फिल्म सोसाइटी मात्र आयोजकभै यो अवार्ड गरिदै आएको थियो भने यस बर्ष देखि गोल्डेन स्टेट मुभी मेकर एलएलसी क्यालिफोर्निया ले पनि आयोजक बन्दै सहकार्य गर्ने भएपछि अवार्ड झनै महत्वका साथ हेरिएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डको उदेश्य रहेको आयोजकले बताएको छ । अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाइ रहने यो भब्य कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एस बाबु सन्दिपलाइ आयोजक तिनै वटा संस्थाको तर्फ बाट प्रदान गरिएको स्रोतले जनाएको छ ।

कार्यक्रमको मुख्य सो यानिकी “अवार्ड सो “नोबेम्बेर ३० को दिन साँझ ६ बजे देखि बर्कलि को यु सी थिएटरमा हुनेछ । येसरी यु सी थिएटरमा कुनै नेपाली कार्यक्रम हुन लागेको यो पहिलो पटक हो जहाँ अमेरिकाका ख्याती प्राप्त कलाकारहरु आएर प्रस्तुति दिने गर्दछन । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि नेपाल डे परेड मनाइने र उक्त कार्यक्रमको आयोजक यस कार्यक्रमको सहआयोजक मध्यको एक हिमालयन फाउन्डेसन क्रप भएको हुनाले उक्त नेपाल डे परेड कार्यक्रमसंग पनि सहकार्य सहित कार्यक्रम गरिनेछ ।

डिसेम्बर १ तारिखका दिन परेड बिहानको समयमा हुनेछ भने डिसेम्बर १ तारिखकै साँझ सान फ्रान्सिस्को बे एरियामा कलाकारहरु सहितको भब्य क्रुज पार्टीको आयोजना गरिएको छ । सो अवसरमा नेपाली चलचित्र, कलाकारिता क्षेत्रसँग सम्बन्धित गन्यमान्य ब्यक्तिहरुमो उपस्थिती रहने गोल्डेन स्टेट मुभी मेकर एलएलसी क्यालिफोर्नियाका अध्यक्ष यज्ञ लाल श्रेष्ठले ओएस नेपाललाई जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार २ दिन सम्म चल्ने अर्वाड समारोहमा चर्चित कलाकारहरुले आफ्नै प्रस्तुती पनि दिनेछन् ।

Comment
error: Content is protected !!