पोखरा पुगेर प्रचण्डले भने ‘भारतीय कदम अस्वीकार्य छ दुई देशबीच संवाद हुन्छ लचिलो हुने भन्ने सवाल नै हुँदैन’



पोखरा, कार्तिक २२ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको पछिल्लो राजनीतिक नक्सा अस्वीकार्य भएको बताउका छन् ।भारतीय राजनीतिक नक्साविरुद्ध तीव्र आलोचना भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् ।पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने – ‘जुन खालको नक्सा सार्वजनिक गरिएको छ, त्यो नेपाललाई मान्य छैन।’

उनले लिपुलेकबारे भारत र चीनबीच सहमति भएका बेला आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सो कदम गलत भएको ध्यानाकर्षण गराएको स्मणरण गराए । पहिले त कालापानीलगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सह्य हुन सक्दैन।’ यस बारेमा सरकारले पनि आफ्नो धारणा सार्वजनिक गरिसकेकाले नेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एकै ठाउँमा उभिने उनले बताए ।‘अब दुई देशबीच संवाद हुन्छ, राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहीँकतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन।’ –प्रचण्डले भने

Comment
error: Content is protected !!