अर्घाखाँचीको देउसी भैलो काठमाडौंमा सम्पन्न



कात्तिक, काठमाडौं । अर्घाखाँचीमा धेरै समय अगाडि देखि हरिबोधनी एकादशीमा खेलिदै आयको देउसी भैलो कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ । जोडिनुस जिल्लासङ्गको आयोजनामा आज कात्तिक २२ गते एकादशीको दिन काठमाडौमा देउसी भैलो आयोजना गरिएको हो । देउसी भैलो सम्पन्न भए संगै अर्घाखाँची बासीमा खुसीयाली देखिएको छ ।

देउसी भैलो कार्यक्रम बुद्दनगर स्थित बुद्दनगर पार्टी प्यालेसमा भब्य रुपमा सम्पन्न भएको अभियन्ता सुभाष ज्ञवालिले जनाएका छन । उक्त कार्यक्रममा अर्घाखाँची घर भै काठमाडौमा विभिन्न पेसा व्यवसायीमा आबद्द जिल्ला बासिहरु सहभागी भएका थिए साथै यसले जिल्ला को मौलिक पहिचान झल्काएको समाजसेवी शिबदेब पाण्डे ले बताएका छन ।

Comment
error: Content is protected !!