आमाले पकाएको दाल भात असाध्यै मन पर्छ – आलिया भट्ट



मुम्बई । बलिउड नायिका आलिया भट्टलाई लाग्छ ‘घरमा बनाएको जत्ति मिठो खाना बाहिरको कहिल्यै हुन्न ।’ उनलाई घरमा बनाएको दाल, भात र तरकारी असाध्यै मन पर्छ ।

एक अन्तरवार्ताको क्रममा आलियाले भनेकी थिइन् ‘घरको खाना मलाई सबै भन्दा स्वादिष्ट लाग्छ । मलाई याद छ जतिवेला मेरो आमाले मेरो लागि पास्ता बनाईदिनुहुन्थ्यो म दाल भात चाहियो भन्थेँ ।’ उनले खिचडी पनि आफुलाई मन पर्ने बताईन् ।

आफुलाई फिट राख्नुको रहस्यवारे उनले भनिन् ‘म कहिले स्वीमिङ गर्छु त कहिले ब्याटमिन्टन खेल्छु ।’राजधानी दैनिकमा खबर छ ।

Comment
error: Content is protected !!