सीमा विबादले उग्र रुप लिएका बेला भारतले एक्कासी नेपालगञ्ज नाका बन्द गरिदियो, भारत गएका नेपालीहरु स्वदेश फर्किन पाएनन्



काठमाडौं, कार्तिक २३ । भारतले आफ्ना छिमेकी मुलुकहरुमाथी ज्इादती गर्दै सीमा मिचेर दादागिरी देखाउने क्रममा पछिल्लो समय पिडामा परेको छ नेपाल । भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला नेपालीहरुलाई अप्ठ्यारोमा पार्न भन्दै नेपालगञ्ज नाका बन्द भने गरिएको हैन ।

नेपाल भारत नक्सा विबाद कायमै रहेका बेला भारतले आज नेपालगञ्ज नाका बन्द गर्नुको खास कारण भने भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले गरेको हो ।

भारतीय सुरक्षाकमीर्एका अनुसार पूर्व सूचना दिँदा घुसपैट हुन सक्ने भन्दै एक्कासी आज बिहानबाट नाका बन्द गरिएको हो । एक्कासी नाका बन्द हुँदा भारततर्फ गएर नेपाल फर्किन खोजेका र भारत जान लागेका नेपाली अलपत्र परका छन् । नाकाबाट अधिकांश सबै सवारीहरु बन्द भएका छन् । भारतीय पक्षले नेपालगञ्जबाट बिरामी बोकेका एम्बुलेन्सलाई भने ओहोर दोहोर गर्न दिएका छन् ।

Comment
error: Content is protected !!