भिडियोमा हेर्नुहोस् सुमी मोक्तानसंग भिटेनको मस्ति, मस्ति गदै गाए र्याप गीत



काठमाडौँ- मङ्सिर १३ गते रिलिज हुने लागेको फिल्म ‘सरौतो’को प्रमोशनल गीतमा चर्चित र्यापर समिर घिसिङ भिटेनले आवाज भरेका छन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । गीतमा भिटेनको साथमा मुख्य कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि देखा परेका छन् ।

यस गीतको भिडियोमा चलचित्र ‘सरौतो’ की अभिनेत्री सुमी मोक्तान देखिएकी छिन् । यसमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ रिभेन्ज स्टोरी भनिएको छ ।

यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

Comment
error: Content is protected !!