ट्रकको ठक्करबाट तीन महिना अघि जापान गएका २६ वर्षीय चिरञ्जिवीको मृत्यु



म्याग्दी – ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरी रहेका छन् उनी अध्ययनका लागि तीन महिनाअघि मात्र जापान गएका थिए । जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइए पनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्रक ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँका प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। दुर्घटनाका कारण भएको मृत्युको केश भएकाले प्रक्रिया अलि लामो हुने र सोमबारसम्म घटनाको यथार्थ विवरण सार्वजनिक हुने बताइएको छ।

Comment
error: Content is protected !!