विधान महाधिवेशनमा पेश हुने प्रतिवेदनमाथि छलफल गर्न आजबाट नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक सुरु — OSNepal

विधान महाधिवेशनमा पेश हुने प्रतिवेदनमाथि छलफल गर्न आजबाट नेकपा एमालेको केन्द्रिय कमिटिको बैठक सुरु

LC (KTM) September 24, 2021 0

काठमाडौं ८ असोज । नेकपा एमालेको आजबाट केन्द्रिय कमिटिको बैठक सुरु हुने भएको छ ।

आगामी असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा पेश हुने प्रतिवेदनमाथि छलफल गर्न आज बैठक सुरु हुन लागेको हो ।भोली सम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने भएको छ ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार बैठकमा महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर