नेकपा माओवादी केन्द्रसँग एकता गर्न सकिदैँन : महासचिव भुसाल — OSNepal

नेकपा माओवादी केन्द्रसँग एकता गर्न सकिदैँन : महासचिव भुसाल

LC (KTM) September 24, 2021 0

काठमाडौं ८ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा. वेदुराम भुषालले नेकपा माओवादी केन्द्रसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।

संविधान र लोकतन्त्रको रक्षाको लागि आफूहरुले पाँच दलीय गठबन्धन बनाएको बताएका उनले आगामी चुनावसम्म यो गठवन्धन कायम नै राख्ने समेत स्पष्ट पारेका छन् ।

आफुहरुले नीति र विचारको हिसाबले नेकपा एमालेले गलत बाटो रोजेपछि विद्रोह गर्नु परेको भन्दै एमाले र आफ्नो पार्टीमा धेरै फरक भएकोले एमाले आफुहरुले नफुटाएको दावी समेत गरेका छन् ।

आफ्नो पार्टी समाजवादी क्रान्तिको दिशामा अघि बढेकोले संसद्लाई पूर्ण कार्यकाल कायम राख्ने पनि बताएका छन् । आज बिहान एक कार्यक्रमा सहभागी उनले आफूहरुले बनाएको पदाधिकारी जम्बो नभएको समेत जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर