नयाँ मन्त्री आफ्नो सरकारमा नियुक्त गर्दै प्रधानमन्त्री ओली, को को हुन् ओली सरकारमा मनत्री बन्ने ति भाग्यमानी अनुहारहरु ?



काठमाडौं, मंसिर १-प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन कमजोर हरेका केही मन्त्रीहरुलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्।नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरु मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका एक सदस्यले जानकारी दिए।

यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो, तर आज ९आइतबार० कार्यसम्पानका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ,’ ती सदस्यले भने, ‘अरु त प्रधानन्त्रीको अधिकार हो, हरौँ के गर्नुहुन्छ।’

भ्रष्टाचार गर्ने, राम्रो कार्यसम्पादन नगर्ने, आफ्नोमात्रै स्वार्थ हेर्नेहरुलाई बिदाइ गर्नुपर्यो, राम्रा, कबिल र गतिशील साथीहरुलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्यो भनेर बैठकमा प्रधानमन्त्रीलाई सुझाब दिएको उनले बताए।

Comment
error: Content is protected !!