अजय देवगन, कजोल र सैफअली खान अभिनित फिल्म ‘तानाजी’को ट्रेलर यस्तो बनेर आयो



एजेन्सी- अजय देवगन अभिनित फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर सार्वजनिक भएको छ । देवगन फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा देखा परेका छन् ।

अजय देवगनको ‘तानाजीः फिल्म द अनसंग वारियर’ एक बायोग्रापिकल पीरियड ड्रामा फिल्म हो ।फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । यो फिल्म अजय देवगनको १०० औ फिल्म हो। फिल्ममा अजयसँगै काजोल र सैफ अली खान र शरद केल्कर लगायतका अन्य कलाकारहरुले पनि अभिनय रहेको छ ।

फिल्ममा काजोल सावित्री मालुसरेको भुमिकामा देखा परेकी छन् भने सैफ उदय भानको भुमिकामा देखा परेका छन् । फिल्म जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शनमा आउदैछ ।

Comment
error: Content is protected !!