मिर्गौला बिग्रेपछि डायलासिस गर्ने कि प्रत्यारोपण ? यसो भन्छन् डाक्टर



काठमाडौँ । मिर्गौला हाम्रो शरीरको अभिन्न अंग हो । मिर्गौलाले शरीरलाई आवश्यक कुरा छानेर राख्ने र अनावश्यक कुराहरु फाल्ने काम गर्छ । खाएको खानेकुराहरुले शरीरमा अनावश्यक असरहरु नगरोस् भनेर फिल्टर गर्ने काम यसले गर्छ । हाम्रो शरीरमा सामान्यतया दुईवटा मिर्गौला हुन्छन् । यसले शरीरको आन्तरीक वातावरण मिलाउने काम गर्छ । तर यो बिग्रीए के गर्नुपर्छ । डायलासिस र प्रत्यारोपणका बारेमा भ्रम चिर्दै छौं

चिकित्सकहरुले मिर्गौला बिग्रीए डायलासिसको तुलनामा प्रत्यारोपण कयौं गुणा राम्रो विकल्प भएको बताएका छन् । पछिल्लो समय मृगौला प्रत्यारोपण दिर्घकालिन रुपमा फिर्ता नआउने गरी मिर्गौला बिग्रेका विरामीहरुका लागि पुर्नजन्म भएको वीर अस्पतालका बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालको भनाई छ । उहाँका अनुसार डायलासिस रगतलाई सफा गर्ने माध्यम हो । पूर्ण रुपमा मिर्गौलाको कारणले शरीरलाई धान्न गाह्रो भएपछि डायलासिस गरिन्छ । डायलासिस हेमोडायलासिस अर्थात मेसिनबाट र अर्को पेटबाट पेरिटोनियल गरी दुईप्रकारको हुन्छ ।

Comment
error: Content is protected !!