ईपीएल क्रिकेट सुरु हुने पुर्वसन्ध्यामा बिराटनगरले कप्तानको टुंगो लगायो , अब करणले बिराटनगरको कप्तानी सम्हाल्ने — OSNepal

ईपीएल क्रिकेट सुरु हुने पुर्वसन्ध्यामा बिराटनगरले कप्तानको टुंगो लगायो , अब करणले बिराटनगरको कप्तानी सम्हाल्ने

LC (KTM) September 24, 2021 0

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगिता भोली बाट सुरु हुदैछ । भोलीको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स र काठमाण्डौ किंग्स ११ मैदानमा उत्रदै छन् । भोली बाट लिग सुरु हुनु अघिल्लो दिन मात्र विराटनगर वारिवर्सले कप्तानको टुंगो लगाएको छ ।

बिराटनरको कप्तानी पहिला पारष खड्काले गरिरहेका थिए । तर उनले ईपीएल नै नखेल्ने भएपछि कप्तान कस्लाई राख्ने टुंगो लगाएको थिएन बिराटनगरले । तर अब विराटनगर वारिवर्सको कप्तानी करणले गर्ने भएका छन् । विराटनगर वारिवर्सले आज मात्र बलर करणलाई कप्तानीको जिम्मेवारी दिएको जानकारी दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर