प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल हेरफेर गर्दै, को होलान नयाँ मन्त्री बन्ने भाग्यमानीहरु



काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् । ओलीले मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूलाई अहिलेसम्म गरेको कामप्रति धन्यवाद दिँदै पुनर्गठन गर्न लागेको जानकारी गराएका हुन् ।

नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी भइरहेको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति गरेर मन्त्रीहरूको शपथ आज नै गराउने तयारी गरेका हुन् ।प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर हुने भएकाले औपचारिक कार्यक्रममा नजान निर्देशन दिइसकेका छन् ।

Comment
error: Content is protected !!