ओली सरकारले मन्त्री फेर्नै लाग्दा प्याज २ सय रुपैयाँ केजी पुग्यो, कसरी भान्छा चलाउने सर्वसाधारणले ?



काठमाडौँ । तपाई एक महिनामा कति कमाउनुहुन्छ ? १५ हजार २० हजार वा २५, ३० हजार ? अब तपाईले खाने यो निम्त स्तरको तलवले भान्छा नै नचल्ने अवस्था सृजना हुन पुगेको छ । केपी ओली सरकारले उच्चदरमा कर मात्रै बढाएर जनता आत्तिएका बेला महंगीले सर्वसाधारणको भान्छा नै चल्न धौ धौको अवस्था सृजना भएको छ । यहाँ सुनको त कुनै नगरोँ अब भान्छाका महत्वपूर्ण सामाग्रीहरु पनि सर्वसाधारणले किन्दा एक पटक सोच्नुपर्ने बेला आएको छ । डेढ सय रुपैयाँ केजी तरकारीको भाउ भएका बेला प्याज भने २ सय रुपैयाँ पुगेको छ ।

केही दिनयता डडेल्धुरा सदरमुकाममा प्याजको मूल्य ह्वात्तै वृद्धि भएको छ । प्याजको मूल्य आकाशिएसँगै यहाँका उपभोक्ता मारमा परेका छन् । सदरमुकाममा प्याज प्रतिकिलो रु २०० मा बिक्री भइरहेको छ । काठमाडौँ पोखरा लगायतका शहरमा पनि बिचौलीयाले मनपरी गरेर मूल्य तथानाम, रातारात बढाएका छन् । तर सरकार मौन छ ।

प्याजको मूल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको डडेल्धुरा सदरमुकाम अमरगढी पोखराका एक व्यापारी खगेन्द्र जोशीले जानकारी दिनुभयो । प्याजको मूल्य वृद्धि भएसँगै कतिपय पसलमा प्याज पाउनै मुस्किल हुने गरेको छ । प्रतिकिलो रु ५० मा बिक्री भइरहेको प्याज एक्कासी रु २०० पुगेको स्थानीयवासी इन्दिरा ताम्राकार बताउनुभयो ।

भारतबाट प्याजको आयात कम भएको र यहाँ पनि प्याज उत्पादनमा आएको कमीले नेपाली बजारमा प्रत्यक्ष असर परेको व्यापारीहरुले बताउँदै आएका छन् । भारतमा ढिलो गरी शुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यवृद्धि भएको देखिन्छ ।

Comment
error: Content is protected !!