नेपाल भारतबीच सीमा विवाद भइरहेका भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा



काठमाडौँ- नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला भारतीय सीमा सुरक्षा बलका महानिर्देशक पोखरामा आइपुगेका छन् । ज बुधबारदेखि पोखरामा हुन लागेको दुई देशबीचको सीमा सुरक्षा बैठकका लाग भारतीय सीमा सुरक्षा बलका महानिर्देशक कुमार राजेश चन्द्र पोखरा आएका हुन् ।

एकरएक वर्षमा हुने उक्त बैठक अघिल्लो वर्ष भारतको राजधानी नयाँ दिल्लीमा भएको थियो भने यो पटक नेपालमा हुन लागेको हो।नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्ने भएका छन् । तीन दिनसम्म चल्ने बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अन्तरदेशीय अपराध रोकधामका विषयमा छलफल हुने बताइएको छ।

Comment
error: Content is protected !!