सत्ता गठबन्धनको बैठक : राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिएर प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्न आग्रह — OSNepal

सत्ता गठबन्धनको बैठक : राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिएर प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्न आग्रह

LC (KTM) September 26, 2021 0

काठमाडौँ १ असोज । सत्ता गठबन्धनको आज बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन आग्र्रह गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । बैठकमा पाँच दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक अध्यादेश कायम हुँदा सम्म जनता समाजवादी जसपाले सरकारमा नजाने निणर्य गरेसँगै आजको बैठकमा यस विषयमा तत्काल निणर्य लिन प्रधानमन्त्री शेरबाहादुर देउवालाई आग्रह गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर