मूल्य बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको



काठमाण्डौ – पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँका दरले बढेको छ । नेपाल आयल निगमले आज प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो । जस अनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको छ ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने बताइएको छ ।। इन्डियन आयल कर्पोरेशन पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण नेपालमा पनि मूल्य बढाइएको हो । खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको बताइएको छ ।

Comment
error: Content is protected !!