सुन्दरी समिरा रेड्डीलाई यस्तो गुन लगाएका रहेछन् ऋतिक रोशनले, समिराले गरिन् ऋतिकको खुलेर प्रशंसा



एजेन्सी – भारतीय चर्चित नायक ऋतिकको पारिवारिक जीवन धरापमा परे पनि उनी निकै सहयोगी स्वभावका ब्यक्ति हुन् । उनले अप्ठ्यारोमा परेकी बलिउड सुन्दरी नायिका समिरा रेड्डीलाई जीवनकै अप्ठ्यारो मोडमा ठूलो सहयोग गरेको भन्दै समिराले उच्च प्रशंसा गरेकी छिन् ।

समिरा रेड्डीले आफू पहिला भक्भकाउने गरेको र त्यो समस्या ऋतिकलाई सुनाएसँगै ऋतिकले मेरो बोल्न डराउने र भक्भकाउने समस्याको समधानमा ठूलो भूमिका खेलेको बताएकी छिन् । आफूले स्पिच डिसअर्डरको सामना गरेको र यो समस्यासँग जुध्नका लागि उनलाई ऋतिकले मेरो भक्भकाउने बानीमा ध्यान दिए र मलाई एउटा किताब दिए जसले मेरो जीवन परिवर्तन गर्यो ।
उनले अन्तरवार्ताका क्रममा उक्त किताबले आँफुलाई डरमाथि नियन्त्रण पाउन मद्दत गरेको बताएकी छिन् । उनले भनिन् बिस्तारै मैले आफ्नो बोलीमा परिवर्तन भइरहेको महसुस गरेँ । मैले एक स्पिच थेरापिस्टलाई पनि भेटेँ र आफ्नो स्पिचमा काम गर्न सुरु गरेँ ।’ जुन गु्न म कहिल्यै तिरेर सक्दिन । एक छोराकी आमा समिरा १२ जुलाईमा छोरीकी आमा बनेकी छिन् ।

Comment
error: Content is protected !!