स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘मनको सागर’ को विमोचन



स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । आज ९सोमबार० राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे ।

बिमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमी र चर्चित संगीतकार राजु सिंह लगायतको उपस्थिती रहेको थियो ।विमोचित एल्बम ‘मनको सागर’मा म ७ वटा गीत तथा गजलहरु रहेका छन् । संग्रहित गीत तथा गजलहरुमा अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ । ति गीत तथा गजलहरुमा किरण कडेंल, बि।एन।निराकार, रिदम कडेंल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन् भने किरण कडेंल, बि।एन।निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् ।

चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित यस समारोहमा स्वर्गिय श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको हो ।२००० सालमा गढीथुम्का, इलाममा जन्मिका श्रेष्ठको गत बर्ष निधन भएको थियो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील थिए । करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा व्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए । श्रेष्ठको यसअघि नाकको अप्रेशन ९हास्यव्यङ्ग्यसंग्रह०, ऋतम्भरा ९गजलसंग्रह०, मनको सागर ९गजलसंग्रह० र मुखाले पोथी ९बाल–कथासंग्रह० प्रकाशित भैसकेका छन् । कार्यक्रम चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।

Comment
error: Content is protected !!