यि कैदीले गरे प्रधानमन्त्री ओलीका लागी मृर्गौला दिने घोषणा, बाहिरियो यस्तो पत्र



काठमाडौँ, मंसिर १७ । पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष पूरा भएको छ । यसैबिच प्रधानमन्त्री ओलीलाई पछिल्लो समय फेरी मृगौलाले दुख दिन थालेका बेला उनलाई स्वतस्फूर्त मृगौला दिन चाहानेको संख्या बढेको छ । जसमध्यका एक हुन् कालीकोट कारागारमा रहेका कालीकोटको महावै गाउँपालिका निवासी हेमन्त भनिने बलबहादुर शाही ।

शाहीले ओली देशको कुशल नेता रहेको हुँदा आफू मृगौला दान गर्न तयार रहेको र आँफु्ले देशको लागी चाहिने नेताका लागी खुशी भएर मृगौला दिने एक पत्रमा उल्लेख गरेका छन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार शाहीले प्रधानमन्त्रीलाई मृर्गौला दिन चाहेको विषयमा लेखिएको पत्र कालीकोटबाट प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको छ । गृहमन्त्रालय मार्फत बलबहादुरको पत्र प्रधानमन्त्री कार्यालय पठाईसकिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले ओएस नेपाललाई जानकारी दिए ।

 

 

Comment
error: Content is protected !!