एनआरएन अमेरिकाको निर्वाचन : विष्णु क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका दावेदार ! — OSNepal

एनआरएन अमेरिकाको निर्वाचन : विष्णु क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका दावेदार !

LC (KTM) May 21, 2021 0

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला झ्याम्मै चुनाव लागेको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन् । यसैबीच एनआरएन अमेरिकाको क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि विष्णु खत्रीले आफ्नो सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् । मे २९ तारिखमा हुने निर्वाचनका लागि उपाध्यक्षका उमेरवार विष्णुले आँफुले अहिलेसम्म गरेको समाजसेवा, त्याग, तपस्याका कारण आँफु क्यार्लिफोनिया च्याप्टरको उपाध्यक्ष पदका लागि बलियो दाबेदार भएको उल्लेख गरेका छन् । नेपालमा रहँदा जागिरे जीवनमा समेत सामाजिक काम भनेपछि हुरुक्कै हुने विष्णुले अमेरिका पुगेपछि पनि आफ्नो सामाजिक कामलाई धर्म र कर्म ठानेर निरन्तर लागिपरेका कारण पनि आँफुले नै निर्वाचन जित्नेमा विश्वस्त छन् ।

करिब १ दशकदेखि क्यार्लिफोनिया स्थित सानफ्रान्सीकोमा बस्दै आएका खत्री सामाजिक काममा पनि औधि सक्रिय समाजसेवीका रुपमा परिचित छन् । कोरोना संक्रमणको समयमा फ्रन्ट लाइनमा रहेर नै सहयोगका कार्यमा सक्रिय उमेदवार खत्री ओखलढुंगा जिल्लाको हाल सुनकोशी गाँउपालिकामा जन्मेका हुन् । अमेरीकामा रहेका नेपालीहरु भनेपछि दिल दिएर सहयोग गर्ने खत्री नेपाल प्रहरीको सेवाबाट अवकाश पाएका पूर्व प्रहरी हुन् । विगत १ दशकदेखिको अमेरिका बसाईको क्रममा खत्रीले होटल- रेष्टुरा ब्यबसायीको समेत परिचय बनाइसकेका छन् ।

स–परिवार अमेरीकामा बस्दै आएका खत्रीले अमेरिका बसाईका क्रममा फेसबुकको केन्द्रिय कार्यालयमा समेत काम गरेको अनुभव छ । ओएसनेपालसँगको कुराकानीका क्रममा उपाध्यक्षका उमेद्धवार खत्रीले आँफुले निर्वाचन जितेको खण्डमा नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका साथ लागि पर्ने बताए । उनले भने हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र यहाँको जब मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनेछु ।

आफ्ना प्रतिवद्धताहरुमा सँधै प्रतिवद्ध रहने विश्वस दिलाउँदै खत्रीले अगाडी थपे मैले जहिले पनि नेपाली समुदायकै लागि काम गर्न म कटिवद्ध छु । उनले अगाडी भने भैपरी आउने सुख दुःख का सवै कार्यहरुमा आफ्नो कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी भूमिका निभाउनेछु । विष्णुले स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्ने कुरामा पनि प्रतिवद्धता जनाएका छन् । खत्रीले स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श डेस्क स्थापना गर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर