ठूलो र्दुघटनाबाट बचेको बुद्ध एयरको जहाज विराटनगरबाट काठमाडौँ फर्किएपछि ल्याण्ड गर्न खोज्दा देखिएको थियो यस्तो दृश्य, हेर्नुहोस् भिडियो — OSNepal

ठूलो र्दुघटनाबाट बचेको बुद्ध एयरको जहाज विराटनगरबाट काठमाडौँ फर्किएपछि ल्याण्ड गर्न खोज्दा देखिएको थियो यस्तो दृश्य, हेर्नुहोस् भिडियो

LC (KTM) September 27, 2021 0

काठमाडौ । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज आकाशमा दुई घण्टासम्म फन्को पारेर अन्ततः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएर निकै असहज परिस्थितिका बाबजुद अवतरण गर्न सफल भएको छ । विराटनगरमा अवतरण गर्ने क्रममा दायाँतर्फको पंखा नखुलेपछि जहाज काठमाडौंमै फर्किएको र काठमाडौँको आकाशमा पनि पटक पटक फन्का मारेको जहाजका यात्रुहरुले घण्टौँ उडिसक्दा पनि ल्याण्ड नगरेपछि निकै डराउन पुगेका थिए । विमानभित्र रहेका यात्रुहरु निकै डराएका थिए ।

कोही कराउन लागे भने कोही रुन लागे । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना पाइलटले बनाएको थाहा पाएपछि झन यात्रुहरु डराए । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर खुलेपछि त्यस्तो गर्नु परेन । विराटनगरमा अवतरण गर्न नसकेर काठमाडौ फर्कदा सम्म खासै केही प्रतिकृया नदिएका यात्रुहरु जब काठमाडौ विमानस्थलमा पनि सजिलै अवतरण गर्न नसकेर फन्को लगाउन थाल्यो अनि यात्रुको होस उड्यो । लामो समयसम्म जहाजल ल्याण्ड नभएपछि जहाजभित्र रुवाबासी चल्न थाल्यो । माथिवाट हेर्दा विमानस्थलमा पनि सुरक्षाकर्मीहरु तयारी अवस्थामा देखेपछि झन के हुन लाग्यो भनेर डराएको यात्रु अनमोल प्रधानले बताए ।

एयर होस्टेसको आँखामा पनि आँसु देखेपछि सबैले आस मा रे का थिए । यद्यपी जहाजले काठमाडौँको विमानस्थलमा अवतरण गराउन पटक पटक कोशिस गरे । तर चक्का नखुलेपछि इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने तयारी थालियो । अन्तिम काठमाडौँको विमानस्थलमा अवतरण गराउँदा चक्का खुलेपठि सबै ढुक्क भएका थिए । विमानमा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर