क्यान्सरबाट जोगिन देखी अनुहारमा चमक ल्याउन दिनमा खानुहोस एउटा अमला — OSNepal

क्यान्सरबाट जोगिन देखी अनुहारमा चमक ल्याउन दिनमा खानुहोस एउटा अमला

LC (KTM) September 27, 2021 0

काठमाडौँ  -अमला भिटामिनले युक्त अमिलो फल हो हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ ।अमला एउटा यस्तो स्रोत हो जसमा भिटामिन सी सधै रहिरहन्छ । यो सकै सिजनमा पाइदैन तर यसका अचुक फाइदाहरु हुन्छ ।त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्ने अमलामा भिटामिन सी प्रसस्त पाइन्छ ।। भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । यसको सेबनले यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगा यत पेटमा देखा पर्ने समस्याहरु हुन नपाइ ग्यष्ट्रिक पनि कम हुन्छ ।किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन् ।

अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् । अमलाको दैनिक सेवनले अनुहारको छालामा चमक ल्याई लामो समयसम्म जवान देखिन र कपाल फुल्नबाट जोगाउँछ साथै आँखा तेजिलो बनाउछ ।

अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ ।अमलामा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले तपाईंको शरीरलाई ऊर्जावान् राख्न सहयोग गर्दछ । यसले कमजोरी पनि टाढा राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर