मैदान भिजेको भन्दै आज हुने ईपीएलका दुबै खेल स्थगित — OSNepal

मैदान भिजेको भन्दै आज हुने ईपीएलका दुबै खेल स्थगित

LC (KTM) September 27, 2021 0

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट अन्तर्गत आजको सबै खेल स्थगित भएको छ । आज हुने भनिएको पहिलो खेल काठमाडौं किङ्स ११ र विराटनगर वारियर्स तथा दोस्रो खेल भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको हो ।

हिजो भारी बर्षा भएका कारण टियु क्रिकेट मैदान पुरै भिजेको थियो । यहि कारण खेल गराउन नसकिने भएपछि आजका दुबै खेलहरु स्थगित गराइएको हो । आज समेत वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेका हुन् ।भैरहवा र चितवनबीचको खेल टस समेत नभई स्थगित भएको हो । दुई टोलिबीचको खेल दिउँसो साढे १ बजे सुरु हुने तालिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर