बाहुबलीका प्रभास र अक्षय कुमार बीच महासंग्राम , एकै दिन दुबै जनाको फिल्म रिलिज हुदै , कस्को फिल्मले मार्ला बाजी ? — OSNepal

बाहुबलीका प्रभास र अक्षय कुमार बीच महासंग्राम , एकै दिन दुबै जनाको फिल्म रिलिज हुदै , कस्को फिल्मले मार्ला बाजी ?

LC (KTM) September 27, 2021 0

प्रभास तथा अक्षय कुमार फिल्म उद्योगको एक ठुलै नाम हो । उनीहरुमध्ये प्रभासलाई बाहुबली तथा अक्षय कुमार लाई खेलाडी भनेर संबोधन गर्ने गरिएको छ । अब यी दुबै हिरोहरुको फिल्मले बक्स अफिसमा एक अर्का संग टक्कर लिने भएका छन् ।

सन् २०२२ म दुबैको बहुप्रतिक्षित फिल्म आदिपुरुष तथा रक्षा बन्धन रिलिज हुने भएको छ । आदिपुरुष र रक्षा बन्धन दुबैको फिल्म निर्माण पक्षले ११ अगष्टलाई आफ्नो रिलिज डेट तोकेका छन् । दुबै फिल्म स्वतन्त्रता दिवशको मौकाको फाईदा उठाउन चाहिरहेका छन् ।

यसैक्रममा फ्यानहरुलाई भने ठुलै धर्म संकट खडा भएको छ । अब कस्को फिल्म हेर्ने भनेर । आदिपुरुषमा प्रभास संग कृति सेनन् सीताको रोल निभाएकी छिन् भने सैफ रावण बनेका छन् ।

प्रभासको फिल्म निर्माण पक्षले स्वतन्त्रता दिवशको पुरै फाईदा उठाउन चाहान्छ । त्यस्तै रक्षा बन्धनमा अक्षयको साथमा भुमि पेडनेकर देखिने छिन् । यी दुबै फिल्मको महासंग्राम कस्तो हुने हो त्यो भने हेर्न बाँकि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर