आयोजक माल्दिभ्सद्धारा साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा — OSNepal

आयोजक माल्दिभ्सद्धारा साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा

LC (KTM) September 27, 2021 0

साफ च्याम्पियनसिप अब केही दिन पछि सुरु हुन लागिरहेको छ । साफ च्याम्पियनसिपकै लागि भनेर बिभिन्न देशहरुले टिमको घोषणा गर्ने क्रम जारि रहेको छ । भारत, नेपाल पछि अब आयोजक माल्दिभ्सले पनि टिमको घोषणा गरेको छ ।

माल्दिभ्सले अली अस्फाकको कप्तानीमा साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेको हो । साफ च्याम्पियनसिप असोज १५ गते देखी प्रतियोगिता सुरु हुनेछ । आयोजक माल्दिभ्सले नेपालसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने बताइएको छ। असोज ३० गते सम्म संचालन हुने प्रतियोगितामा पाँच राष्ट्र सहभागी हुने पक्का भएको छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० गते भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर