अष्ट्रियामा टाइगर ३ को शुटिंग गरिरहेका सलमान एक्कासी मुम्बई फर्किए , आखिर किन ? — OSNepal

अष्ट्रियामा टाइगर ३ को शुटिंग गरिरहेका सलमान एक्कासी मुम्बई फर्किए , आखिर किन ?

LC (KTM) September 27, 2021 0

बलिउड स्टार सलमान खान आफ्नो फिल्म टाइगर ३ को अष्ट्रियामा शुटिंग सकेर मुम्बई फर्किएका छन् । आईतबार पैपराजीले सलमान खानलाई मुम्बई एयरपोर्ट बाट निक्लदै गरेको देखेका छन् ।

एयरपोर्ट बाट निस्कदै गरेका सलमानले डेनिम जिन्स तथा ब्ल्याक टी–शर्ट तथा ह्याटमा देखिएका थिए । उनले आफ्नो अनुहारमा मास्क लगाएका थिए । उनी जिन्सको गोजीमा हात हालेर हिडिरहेको देख्न सकिन्छ ।

सलमान आफ्नो बिग बोस १५ को होस्टको रुपमा जिम्मेवारी निर्बाह गर्दैछन् । अक्टोबर २ मा बिग बोस १५ को प्रीमियर हुन गईरहेको छ । उनी आए संगै यसको शुटिंग गरिने बताइएको छ । नागपुरमा भएको प्रेस मिटिंगका क्रममा आफ्नो भिडियो म्यासेजमा भनेका थिए कि उनी शो मा आउनका लागि एकदमै उत्साहित रहेका छन् ।

सलमान पछिल्लो एक दशक देखी बिग बोसको होस्ट गरिरहेका छन् । यो उनको होस्ट गरेको ११ औ बर्ष हो । यस सीजनको थीम जंगलमा राखिएको छ । यस सिजनमा प्रतिष्पर्धीहरुले जंगलमा संकटको सामना गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर