• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

एक सातादेखि बेपत्ता एमाले नेता रावत मृत फेला

एक सातादेखि बेपत्ता एमाले नेता रावत मृत फेला


  • ओएसनेपाल
  • असोज ११ २०७८, सोमबार
  • २:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.4K
    SHARES

    अछाम, ११ असोज – अछामको बान्निगढी जयगढ गाउँपालिका- ६ दर्नाका समाजसेवी तथा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन् ।

    ४ असोजदेखि बेपत्ता रहेका रावत दर्नाको रवा लेक भन्ने स्थानमा शव फेला परेको हो ।

    ४ असोजमा जिल्लाको रामारोशन गाउँपालिका- ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत सोही दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा रावतको शव सोमबार बिहान कालारवा लेकको जंगलमा भेटिएको हो ।

    रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै जाँदा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

    रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्नाको वडा अध्यक्षका उम्मेदवार बनेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend