बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय — OSNepal

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

LC (KTM) September 27, 2021 0

काठमाडौँ, ११ असोज – सरकारले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ ग्रहण गर्ने सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक, तेजाब र अन्य घातक रासायनिक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश, २०७८ स्वीकृत गरेको छ ।

बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णुप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्ति गरेको छ । सरकारले नेपाल प्रहरी, प्रदेश प्रहरी, कार्यसञ्चालन सुपरीवेक्षण समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । बैठकले शिखर नगरपालिकालाई प्रशासनिक भवन निमार्ण गर्न सरकारी जग्गा भाडा (लिज)मा उपलब्ध गराउन स्वीकृति दिएको छ ।

बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्य–सचिव पुष्कर खाती र सदस्यहरु मणिराम बन्जाडे, गोविन्दबहादुर शाही, नानीमाया थापा, ब्रह्मध्वज गुरुङ, सुशीला ज्ञावलीले दिनुभएको राजिनामा स्वीकृत गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर